• १३ साउन २०८१, आइतबार

‘भतभती मुटु पोलिरहेछ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ६ गते । गायक शिव परियारले आफ्नो नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक गर्नुभएको छ । गीतकार विमला तुलाचन र सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ सँगको सहकार्यमा गायक परियारले गीत ल्याउनुभएको हो । गीतमा विषम आचार्यको सङ्गीत संयोजन रहेको छ । नायिका एलिसा राई र कृश गुरुङको अभिनय रहेको गीतलाई रामजी लामिछानेले निर्देशन गर्नुभएको छ ।