• १३ साउन २०८१, आइतबार

आँधीखोला बजारमा

blog

स्याङ्जा (गोरखापत्र), माघ २ गते । ‘आँधीखोला गाउँपालिका जन्म ठाउँ हो मेरो’ गीत युट्युबमा सार्वजनिक भएको छ । पालिकाको सहकार्यमा डिआर सुजनले गीत बजारमा ल्याउनुभएको हो । रचना रिमाल र डिआरको स्वर रहेको गीतमा सङ्गीत टेकनारायण चापागाईले दिनुभएको छ । 

सो गीतमा स्थानीय युवा डिल्लीराम रेग्मीको शब्द रहेको छ भने आलाप दृष्टिविहीन सरिता अधिकारीले गर्नुभएको छ । गाउँपालिका अध्यक्ष विश्व पौडेलले पालिका र धार्मिक, सांस्कृतिक, सामाजिक स्थानको गीतको माध्यमबाट देखाउन खोजिएको र पर्यटन तथा गाउँपालिकाको चिनारी भएको बताउनुभयो । स्थानीय युवाको गीतमा पालिकाको समेत सहकार्य रहेको समेत पौडेलको भनाइ थियो । गीतमा सिरुबारी, अन्धाअन्धी दह, डहरे, पञ्चासेलगायतका ठाउँ देखाइएको छ भने त्यहाँका विकास निर्माणसमेत गीतमा देखाउने प्रयास गरिएको छ ।