• १३ साउन २०८१, आइतबार

महाजात्राको ‘आहा ! क्या राम्रो’

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ ३ गते । चलचित्र ‘महाजात्रा’ को पहिलो भिडियो सामग्रीका रूपमा गीत सार्वजनिक गरिएको छ । ‘आहा ! क्या राम्रो’ बोल रहेको गीत चलचित्र प्रचारका लागि तयार गरिएको हो । केही समयअगाडि खुलामञ्चमा सेट लगाएर छायाङ्कन गरिएको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।

गीतमा चलचित्रका कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गर्नुभएको छ । चलचित्रमा अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय रहने छ । 

म्याक्स दिपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने छ ।