• १३ साउन २०८१, आइतबार

ट्याटु कलामा बहस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते । शरीरमा खोपेर बनाउने ट्याटु कलाका बारेमा बहस भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा ‘ट्याटु आर्टसम्बन्धी ललितकला संवाद’ भएको हो । 

कार्यक्रममा कलाकार जयशङ्कर सन श्रेष्ठले उक्त कलाको बारेमा बहस हुनु सकारात्मक भएको टिप्पणी गर्नुभयो । यस्तै लोक/परम्परागत रूपमा प्रचलित ट्याटु कला र त्यसको महìवका बारेमा फिरिया चौधरीले आफ्नो अनुभव सुनाउनु भएको थियो । 

कार्यक्रममा कलाकार राजन महर्जनले ट्याटु कलाको विश्वव्यापी सुरुवातदेखि वर्तमान अवस्थाबारे विस्तृत रूपमा जानकारी दिनुभयो । उहाँले घरेलु प्रचलनदेखि विश्वव्यापी रूपमा ट्याटु कलाको विकासक्रमका बारेमा चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “ट्याटुको उत्पत्तिका बारेमा यकिन तथ्य नपाइएता पनि इजिप्टमा सबैभन्दा पुरानो ट्याटु कला भेटिएको हुनाले त्यहीँबाट सुरुवात भएको विश्वास गरिन्छ ।” उहाँले भन्नुभयो, “विश्वव्यापी विकाससँगै नेपालको सन्दर्भमा परम्परागत रूपमा विभिन्न जातजातिको विभिन्न विश्वास र मान्यताका आधारमा ट्याटु खोप्ने प्रचलन भए पनि आधुनिक शैलीसँगै व्यावसायिक रूपमा सन् १९९१ मा कलाकार बाबुराजाले पहिलो पटक व्यावसायिक ट्याटु स्टुडियो सञ्चालन गरेको जिकिर गर्नुभयो । 

कार्यक्रममा टिप्पणीकार जयशङ्कर सन श्रेष्ठले कलाले मानव सभ्यताको विकासव्रmमलाई अगाडि बढाउन मद्दत पु-याएको बताउनुभयो । अहिले आधुनिक समाजमा विश्वव्यापी रूपमा ट््याटु कला व्यवसायको वृद्धि अति छिटो भइरहेको उहाँको भनाइ थियो । 

कार्यव्रmममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक ट्याटु कलालाई सम्बोधन गरी कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले यस्तो पृथक् कार्यक्रम आयोजना गरेर कलाको नयाँ धारलाई उठाउने काममा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग अग्रसर भएको विचार व्यक्त गर्नुभयो । 

कुलपति हार्तम्छालीले आधुनिकतासँगै बढेको विकृतिलाई छोडेर प्रविधिलाई अँगाल्दै परम्परागत, मौलिक नेपाली शैली, भाव, विम्बलाई विशेष महìवमा राखेर ट्याटु कलालाई अघि बढाउन प्रतिष्ठान तयार रहेको बताउनुभयो  । 

वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख सौरगङ्गा दर्शनधारीले नेपालमा ट्याटु कला लोक/परम्परागत र आधुनिक ढङ्गले अगाडि बढिरहेको विचार व्यक्त गर्नुभयो । उहाँले कलाका विभिन्न आयाममध्ये परम्परागत मान्यता र आधुनिक धारमा ट्याटु कलाको विकास भएको र यसलाई प्रतिष्ठानले विशेष महìव दिएको कुरा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संस्कृति र परम्पराका रूपमा विकास हुँदै ट्याटु कलाले आधुनिकपनमा समेत आकर्षक ढङ्गले बढिरहेको छ ।”