• १८ असार २०८१, मङ्गलबार

‘रङ्गेली’ टिजर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २ गते ।  दयाहाङ राई, अर्पण थापा र मिरुना मगरलाई हालसम्म देखिएको भन्दा फरक अवतारमा प्रस्तुत गर्दै चलचित्र ‘रङ्गेली’ को परिचयात्मक टिजर सार्वजनिक गरिएको छ । चलचित्रको सार तथा पात्र परिचय बुझाउने टिजरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई दुस्मनका रूपमा चित्रण गरिएको छ । अभिनेतृ मिरुनालाई शान्त स्वभावमा थारू युवतीका रूपमा देखाइएको छ । 

फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी प्रदर्शन हुने चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्नुभएको छ । चलचित्रमा अर्पण, दयाहाङ, मिरुनासहित प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको प्रमुख भूमिका रहेको छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सविन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।