सातै प्रदेशमा पुग्दै कन्दरा
तीन दशकअघि पोखराबाट उदाएको कन्दरा ब्यान्डले हालै नयाँ सदस्य थपेको छ । कुनै बेला नेपाली संगीतमा चर्चित ब्यान्डले अहिले पुनरागमनको तयारी गरेको हो ।
‘महाजात्रा’ मा जोडिए तीन कलाकार
‘जात्रा’ र ‘जात्रैजात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला चलचित्र ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समयअगाडि नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्गदेलसमेत जोडिएका छन् ।
सुनुवारको ‘पिरतीको झोली’
गायिका रेश्मा सुनुवारले करिब एक वर्षपछि नयाँ गीत ‘पिरतीको झोली’ सार्वजनिक गर्नुभएको छ । मनोरमा सुनुवार र रवि मल्लको शब्द, कल्याण सिंहको सङ्गीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । म्युजिक कम्पनी राइट ट्युन इन्टरटेनमेन्टको निर्माण गरेको गीतको भिडियोमा विकास लामिछाने र आभा थापाको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा बनेको भिडियोमा विशाल थापाको सिनेमाटोग्राफी र दिन्सन शाहको सम्पादन रहेको छ ।
आकाशमा देखिन छाडे चङ्गा, घट्दै छ रौनक
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको आगमन भइसकेको छ । अवसरको खोजीमा परदेश, सहर गएकाहरू गाउँ फर्किरहेका छन् । सहरका मल, पसलहरूमा यतिखेर सामान किनबेचको भिडभाड छ ।
खुसी भित्र्याउने महोत्सव
वर्षायाम सकिएर शरद ऋतु सुरु भएपछि एक खालको आनन्द सुरु हुन थाल्छ । पारिलो घामसँगैको मानिसको चहलपहलले उत्सवको सङ्केत दिन्छ । कामकाजी मानिसबाहेक घरमा बस्ने केटाकेटी र सदस्यमा दसैँको आगमनले पुलकित तुल्याउँछ । आमरूपमा अधिकांश नेपालीलाई दसैँले पुनर्ताजगीको अवसर पनि दिन्छ । हरेक चाड समयसँगै रूपान्तरित हुँदै जान्छन् । उहिले वर्षभरमा अघाउन्जेल मासु खाने र केटाकेटीले नयाँ नाना पाउने अवसर थियो दसैँ तर अब दसैँको महत्व मनोरञ्जनका रूपमा स्थापित हुँदै गइरहेको छ । म
पशुपतिमा ‘भस्मे डन’ को क्षमापूजा
निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ को पशुपतिमा क्षमापूजा गरिएको छ । चलचित्रको निर्माण टिमले आयोजना गरेको क्षमापूजा कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेतृ स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे सहभागी थिए ।
राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ सार्वजनिक
गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आउनुभएको छ । गीतमा शब्द, संगीत संयोजन र स्वर कर्ण स्वयंको रहेको छ ।
रेडियोकर्मी दुवाडीलाई पत्रकारिता सम्मान
रेडियोकर्मी विजन दवाडीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड २०८० बाट उहाँलाई सम्मानित गरिएको हो ।
मुम्बईमा प्रिमियर हुँदै ‘चिसो घर’
मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) का लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ ।
डोल्मो घिसिङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा
डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुति, शब्द र सङ्गीत रहेको उक्त गीतलाई उहाँकै अफिसियल युट्युब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो ।
परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माणको घोषणा
गतवर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गर्नुभएको छ ।
सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक
‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ ।
खानीमा फसेकाको कथा ‘मिसन रानीगन्ज’
सन् १९८९ मा पश्चिम बङ्गालको रानीगन्जको कोइलाखानीमा काम गर्ने क्रममा ठुलो दुर्घटना भएको थियो र त्यहाँ धेरै मान्छे खानीमा फसेका थिए । एक साधारण व्यक्तिले आफ्नो ज्यान जोखिममा राखेर त्यहाँ फसेका ६५ जनालाई बचाए । चलचित्र ‘मिसन रानीगन्ज’ को कथा यिनै कुरा वरपर घुमेको छ । चलचित्र एक साहसी र बुद्धिमान इन्जिनियर जसवंत सिंह गिलको सत्य कथाबाट प्रेरित छ । यसअघि पनि यस्ता विषयमा चलचित्र नबनेको भने होइन । कोइलाखानीको विषयमा ‘काला पत्थर’ चलचित्र बनेको थियो तर चलचित्र काल्पनिक मात्र थियो । यो चलचित्र भने सत्य घटनामा आधारित छ ।
गोरखापत्रकर्मी सम्मानित
गोरखापत्रकर्मी सुकृत नेपाल रङ्गपत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड–२०८० बाट उहाँ शक्रबार सम्मानित हुनुभएको हो । कार्यक्रममा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मानित गरिएको थियो । उहाँलाई नगदसहित सम्मान प्रदान गरिएको हो । उहाँहरूसहित अन्य पाँच जना सञ्चारकर्मी र गायकगायिकालाई पनि सम्मान प्रदान गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । उहाँले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएकाले नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवार्डका लागि अर्थ नेपाल प्रालिको आयोजना र टोखा नगरपालिकाको सहआयोजना रहेको थियो ।
‘तिमीबिना’ सार्वजनिक
गायक आशिष थापाको ‘तिमीबिना’ सार्वजनिक भएको छ । थापाको स्वरमा सार्वजनिक भएको गीतमा सरोजवीर विक्रम गिरीको शब्द रहेको छ । गीतमा स्वयम् गायक थापाले नै सङ्गीत दिनुभएको छ । राहुल विश्वकर्माको गितार र भुवन गन्धर्वको तबलाको धुनले गीतलाई झनै सुमधुर बनाएको छ ।
चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा
नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो ।
‘सपनाको घर’ सार्वजनिक
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कौसीद’ मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जिन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा सङ्गीत पनि आशिषले नै तयार पार्नुभएको हो । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उहाँहरूको फिल्मी परिवारलाई देखाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको चलचित्रमा रुपेश दाहाल, परिक्षितविव्रmम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् ।
‘महाजात्रा’ को अन्तर्राष्ट्रिय प्रदर्शन बिक्री
चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । अस्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारतबाहेक अन्य मुलुकमा प्रदर्शन अधिकार खरिद गर्नुभएको छ ।
‘जुम्लाकी भाउकन’ तयार
हुम्लाका युवाले पर्यटकीय क्षेत्र र मौलिक पहिचान झल्किने दृश्य समेटेर ‘जुम्लाकी भाउकन’ म्युजिक भिडियो तयार पारेका छन् । जिल्लाभित्रका गाउँ गाउँ प्रचारप्रसार हुन नसकेका पर्यटकीय स्थल र मौलिकता झल्किने दृश्य भिडियोमा कैद गरेका छन् । भिडियोमा ‘फेसबुकैमा माया बस्यो’ बोलको गीतको छायाङ्कन गरिएको हो । सर्केगाड गाउँपालिका–६ को पर्यटकीय क्षेत्र सिताङ र बराई गाउँमा छायाङ्कन गरिएको भिडियोको दृश्यले मौलिक पहिचान झल्काइदिएको छ ।
आशा गरिएका तीन चलचित्र
लामो समयपछि नेपाली चलचित्र जगत्मा केही आशा गर्न सकिने परिस्थिति देखिएको छ । यस वर्षका तीन वटा ‘हिट’ चलचित्रका कारण निर्माता निर्देशकहरू आशावादी भएका हुन् । गत भदौमा प्रदर्शन भइसकेको ‘नाङ्गो गाउँ’ र ‘एक भागवत एक गीता’ ले राम्रै बाजी मारेको छ । ‘नाङ्गो गाउँ’ को मौलिक कथा उठान र रोचक प्रस्तुतीकरणका कारण चलचित्रलाई दर्शकले मन पराए । त्यस्तै झरना थापा निर्देशित चलचित्र ‘एक भागवत एक गीता’ ले पनि चलचित्र क्षेत्रलाई केही माथि उठाउन सहयोग ग¥यो ।
सचिनको ‘घिन घिन मादल घिन’
गायक आशिष सचिनको ‘घिन घिन मादल घिन’ बोलको गीतको सार्वजनिक भएको छ । सचिनसँगै गायिका बेनिसा पौडेलको स्वर रहेको गीतमा स्वयम् गायक सचिन र मोडल सनिसा भट्टराईको अभिनय रहेको छ । गीतमा सङ्गीतकार दीपक शर्माको शब्द तथा सङ्गीत दिनुभएको छ ।
माघ २६ मा रेखाको ‘उपहार’
अभिनेतृ रेखा थापाको निर्माण र अभिनय रहेको चलचित्र ‘उपहार’ माघ २६ गते प्रदर्शन हुने भएको छ । ‘उपहार’ तीन महिला पात्रको कथामा निर्माण भएको चलचित्र हो । यसअगाडि नयाँ वर्षमा प्रदर्शन हुने भनिएको चलचित्र अहिले माघमा सारिएको हो ।
टोरन्टोमा नेपथ्यले भरिदियो उत्साह
नेपथ्यले क्यानडाको शृङ्खलाबद्ध यात्रा सम्पन्न गरेको छ । कन्सर्टबाट मनोरञ्जन लिनका लागि दर्शकको निकै ठुलो भिड लागेको नेपथ्यले जनाएको छ ।
घट्दो छ रिमिक्स प्रवृत्ति
पछिल्लो समय नेपाली गीतलाई रिमिक्स गरेर गाउने चलनमा कमी आएको छ । एउटा जमाना यस्तो थियो जुन बेला दर्शक रिमिक्स गीतमा धेरै रमाउने गर्थे । सबैतिर रिमिक्सकै चर्चा हुन्थे । पुराना गीत सङ्गीतलाई नयाँ शैलीमा फेरि सुन्न पाउँदा दर्शकबाट पनि सकारात्मक प्रतिव्रिmया आउने गथ्र्याे । त्यसमाथि नेपालमा मात्र नभएर संसारभर नै पुराना गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्ने रिमिक्स वा रिमेक गर्ने क्रममा अहिले कमी आएको छ । यसको एउटा कारण सुर, ताल, लय र सङ्गीतमा समेत छेडछाड गरेर रिमिक्स र रिमेक बनाइँदा कतिपय अवस्थामा गायकलाई समेत पत्तो नहुनु पनि हो ।