• ११ मंसिर २०८१, मङ्गलबार

राजको ‘जब तिमी आयौ’

blog

काठमाडौँ, पुस ५ गते । रचनाकार शैलेन्द्र ढकालद्वारा रचित गजल ‘जब तिमी आयौ’ सार्वजनिक गरिएको छ । गायक राज सिग्देलको स्वर र शास्त्रीय सङ्गीतका गुरु चण्डीप्रसाद काफ्लेको सुमधुर सङ्गीत रहेको गजलमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ । 

नायिका केकी अधिकारी र अभिनेता विमलेश अधिकारीको अभिनय रहेको गजल रचनाकार शैलेन्द्र ढकालको आफ्नै जीवन भोगाइलाई समेटेर बनाइएको छ । एक जोडीको मातापिता बन्ने दौरानमा आएको उतारचढाव, मानसिक भोगाइ, दुःखदायी पल, सङ्घर्ष, र सफल कथालाई गीतमा जीवन्त चित्रण गरिएको छ । अनुप चापागाईंद्वारा निर्देशित गीतको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ । गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।