गोरखापत्र समाचारदाता
काठमाडौं, पुस ६ गते । जेसुम क्रियशनको प्रस्तुतिमा रङ्गकर्मी सोनाम लामाको म्युजिक भिडियो ‘ग्याल्मो’ सार्वजनिक भएको छ । गीमा ममा आर्ट्सको सहकार्य र किङ गोर्खा ट्रेनिङ सेन्टरको साथ रहेको छ ।
तामाङ समाजभित्र हुने मामा–फूपुको छोराछोरी बीचको विवाह वा फूपुको छोरीप्रति मामाको छोराको लाग्ने हकलाई पोङ (बेहुली माग्न लाने सगुन) को माध्यमद्वारा गीतमा देखाएको छ । तामाङ समाजमा अहिले पनि सम्धि–सम्धि (बुबा–बुबा) बीच कुरा मिल्यो भने केटाकेटीलाई थाहा नपाई बिहे गर्ने उमेर नपुग्दै बिहेको पोङ खाइसकेको हुन्छ । जसको परिणाम राम्रो नहुने र यो गलत संस्कार हो भन्ने कुरा गीतले देखाएको छ । गीतको भिडियोमा वर्गीय विभेद र सामाजिक वर्गीय अवस्थालाई पनि सुन्दर तरिकाले चित्रण गरिएको छ ।
इँगिहोपो कोँइच सुनुवार र सोनाम लामाको कथा रहेको गीतको भिडियो निर्देशन सोनामले नै गर्नुभएको हो भने क्यामेरामा किरण राईका साथै अनिल रानाको सम्पादन छ ।