काठमाडौँ , पुस ९ गते । निर्माता तथा निर्देशक रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट उहाँले उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाउनुभएको हो । उहाँले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ लिनुभएको छ ।
राणा नेपाल चलचित्र निर्माता सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्छ । उहाँले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ लगायतका चलचित्र निर्माण गर्नुभएको छ ।