• १३ साउन २०८१, आइतबार

‘अगस्त्य’ मा नाजिरको पाँच अवतार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ४ गते । फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ नायक नाजिर हुसेनको नयाँ अवतारसँगै नयाँ पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा नाजिरको पाँच फरक अवतार प्रस्तुत गरिएको छ ।  नाजिरले चलचित्रमा आफूलाई पाँच फरक अवतारमा प्रस्तुत गरेको  लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिनुभयो ।

नाजिरको अवतार हेर्दा उहाँले चलचित्रका लागि निकै मेहनत गरेको देखिन्छ । निर्माण पक्षले दिएको जानकारी अनुसार नाजिरले चलचित्रका लागि २० केजी तौल बढाउनुभएको थियो । सार्वजनिक पोस्टरमा नाजिरको चलचित्रमा सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

नाजिरलाई चलचित्रमा ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुनुहुन्छ । नाजिरसँगै सौगात मल्ल,  मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको पनि चलचित्रमा अभिनय छ ।