• ११ मंसिर २०८१, मङ्गलबार

‘युटोपिया’ को टिजर रिलिज

blog

काठमाडौँ, पुस २ गते । सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया एक सुन्दर भविष्य’ को टिजर विवाहपञ्चमीका अवसरमा सार्वजनिक गरिएको छ । युटोपियाको अर्थ रामराज्य हुने भएकाले पनि रामसीता विवाहका अवसरमा सार्वजनिक गरिएको हो । टिजरमा सनातन धर्म, संस्कृतिभित्र लुकेका रहस्यहरू उजागर गर्ने निर्माता पक्षले जनाएको छ । 

मेगा आर्ट एन्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमको निर्माता नवराज लम्साल हुनुहुन्छ । जनक खड्काले कार्यक्रम प्रस्तुत एवं निर्देशन गर्नुहुने छ । कार्यक्रममा देशका विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई अतिथिका रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डली विश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।