• १२ साउन २०८१, शनिबार

‘लप्सी फेदीमा’ सार्वजनिक

blog

काठमाडौँ, मङ्सिर २३ गते । ६० को दशकको सर्वाधिक चर्चामा रहेको गीत ‘बलेको आगो जलेको प्रेम’ का गायक राजीव लोहनी नयाँ गीत लिएर केही वर्षपछि पुनः नेपाली साङ्गीतिक बजारमा आउनुभएको छ । गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको गीतलाई कन्च क्रियटिभको प्रस्तुतिमा म्युजिक नेपालको च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गर्नुभएको छ ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवको नै अभिनय रहेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिनुभएको छ । उहाँको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुव्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।