• १२ असोज २०८१, शनिबार

समाज सेवामा मिस नेपाल वर्ल्ड जोशी

blog

काठमाडौँ, मङ्सिर २६ गते । मिस नेपाल वर्ल्ड –२०२२ प्रियङ्का रानी जोशीले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित उपरदाङगढीमा सामुदायिक भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्नुभएको छ ।

आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ का लागि जोशीले सहयोगी हात अघि बढाउनुभएको हो । उहाँले विद्यालयको मर्मत र स्थानीयलाई उद्यमशीलताका सिप पनि बाँड्नुभयो । कुल ८० घर रहेको गाउँका १६ घर होमस्टेका लागि प्रयोगमा छन् ।

नेपाल मिस वर्ल्डको उक्त विधाको प्रमुख दाबेदारमध्ये हो । नेपालले विगतमा यो विधामा उपाधि पनि जितिसकेको छ । आगामी मिस वर्ल्ड मार्च ३ मा भारतमा हुँदै छ ।