• १२ साउन २०८१, शनिबार

‘कदम कदम’ सार्वजनिक

blog

काठमाडौँ, मङ्सिर १३ गते । गायक, सङ्गीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियोसहित सार्वजनिक गरिएको छ । 

‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा सङ्गीत रहेको छ भने महिलाको आवाजमा जिना गुरुङले साथ दिनुभएको छ । प्रेमिल शैलीको गीतमा मुन थकाली र रिया लामा फिचर्ड हुनुहुन्छ । 

हर्कुलस बस्नेतको सङ्गीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृश क्षेत्रीको रहेको छ । नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ ।