• ११ मंसिर २०८१, मङ्गलबार

एन्जिलाको ‘इन्ड क्ल्याप’

blog

काठमाडौँ, मङ्सिर १८ गते । चलचित्र ‘एन्जिला’ को छायाङ्कन सकिएको छ । छायाङ्कन प्रारम्भ भएको ३४ औँ दिनमा शनिबार काठमाडौँको तिनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम सट लिइयो । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । 

एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहूर्त गरी छायाङ्कन सुरु भएको थियो । इलाम, झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन भएको छ ।

एन्जिला स्वयम्को मुख्य भूमिका रहेको चलचित्रमा उहाँसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मन्जु श्रेष्ठ, बेदना राईलगायतको पनि अभिनय रहने छ । चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका छ ।