• १४ असार २०८१, शुक्रबार

पुरस्कार तथा प्रमाणपत्र प्रदान

blog

काठमाडौँ, पुस २२ गते । मिसेस नेपाल वर्ल्ड २०२३ का विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहबिच मिसेस नेपाल वर्ल्ड २०२३ का विजेतालार्ई विभिन्न पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो । 

कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२३ का विजेता पृथ्विया थापालाई इलेक्ट्रिकल स्कुटर तथा अन्य पुरस्कार प्रदान गरियो । उक्त स्कुटर अटो नेपाल म्यागजिनका निर्देशक रोशनकुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो । त्यसै गरी मिसेस नेपाल वल्र्डका फस्र्ट रनरअप आइना गजुरेल, सेकेन्ड रनरअप निशा विष्ट, थर्ड रनरअप सरु राज्यलक्ष्मी राणा,  एमएस नेपाल इन्टरनेसनल सीता सुवेदीलगायतका विजेतालाई विभिन्न पुरस्कार तथा उपहार प्रदान गरिएको थियो । कोरियोग्राफर अश्विनीकान्त झाद्वारा सञ्चालित कार्यक्रममा मिसेस नेपाल इन्टरनेसनल सिर्जना केसीलाई यसुदाको टेलिभिजन, एमएस नेपाल इन्टरनेसनल सीता सुवेदीलाई यसुदाको ओभन तथा मिसेस नेपाल वल्र्डको टप फ्यान सन्ध्या गैरेलाई भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।

रिबन इन्टरटेनमेन्टले एकै मञ्चमा मिसेस नेपाल वर्ल्ड २०२३, मिसेस नेपाल इन्टरनेसनल २०२३ र  एमएस इन्टरनेसनल २०२३ चयन गरेको थियो । मिसेस नेपाल वर्ल्ड २०२३ पृथ्वियाले यही जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्ड, मिसेस नेपाल इन्टरनेसनल सिर्जनाले सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल, एमएस नेपाल  इन्टरनेसनल सीताले सिङ्गापुरमै हुने एमएस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुहुने छ ।