• १३ साउन २०८१, आइतबार

गोर्खा सैनिकको कथा ‘गोरखा वारियर’

blog

काठमाडौँ, माघ १३ गते । चलचित्र ‘गोरखा वारियर’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । चलचित्र फागुन ११ बाट देशभर प्रदर्शनमा आउने छ । कार्यक्रममा बोल्दै निर्देशक मिलन च्याम्सले चलचित्रले देशको सुरक्षा निकायमा काम गर्ने सुरक्षाकर्मीलाई युद्ध कसरी गर्ने भनेर पनि सिकाउन कोसिस गर्ने दाबी गर्नुभयो  । चलचित्रमा सन् १९४९ मा ‘मलाय इमर्जेन्सी जङ्गल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्ध कथालाई प्रस्तुत गरिएको छ । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा निर्माण गरिएको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, सारा राई, रियर राई, शिशिर बाङ्देल, कविता आले, सुरज तमू, सुमिन गुरुङ, भुवन सिंह राईलगायत कलाकारको अभिनय छ । लन्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइबा र सुमन राई हुनुहुन्छ ।