• १३ साउन २०८१, आइतबार

जिग्रीको घोषणा

blog

काठमाडौँ, माघ ८ गते । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘जिग्री’ को तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । निर्माण टोलीले एउटा आलु जस्तो, अर्को तामा जस्तो प्रस्तुतीकरण राख्दै चलचित्र फागुन ४ गते प्रदर्शनमा आउने जानकारी गराएका हुन् ।

हास्य र एक्सनको मिश्रण रहेको चलचित्रलाई आकाश मगरले निर्देशन गर्नुभएको हो । चलचित्रमा अभयराज बराल, आकाश मगर, सुशीलराज पाण्डे, पशुपति राई, सुप्रिया राना, केदार श्रेष्ठलगायतको अभिनय रहेको छ ।

चलचित्र काठमाडौँमा अनेकन् महत्वाकाङ्क्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा हो । ती युवाले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष चलचित्रको मुख्य विषयवस्तु रहेको छ । वर्तमान समयमा आमनेपाली युवाको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनालाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शकमाझ देखाउन खोजेका छन् ।  

कार्यकारी निर्माता कुसुम थापामगर र कुमार श्रेष्ठ रहनुभएको चलचित्रको छायाङ्कन सुमित भट्ट र सोमित माझी, सङ्गीत सुवास पौडेल र भाष्कर स्वाँरले गर्नुभएको छ ।