• १३ साउन २०८१, आइतबार

मेनुका टप टेनमा प्रवेश

blog

काठमाडौँ, माघ ९ गते । गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो । 

बटम थ्रीमा पर्नुभएका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिनुभएको छ । योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ ।

कार्यक्रममा शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाइटर’ प्रवर्धनका लागि अभिनेता ऋतिक रोशन पुग्नुभएको थियो । ऋतिक अभिनीत चलचित्रका गीत गाएर कार्यक्रम विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगानसमेत गर्नुभएको थियो ।