• १० मंसिर २०८१, सोमबार

‘भूठान’ मा हलिउड कलाकार

blog

काठमाडौँ, माघ १८ गते । चलचित्र भूठान ‘द वल्र्ड ह्यापियस्ट म्यान’ को छायाङ्कन सकिएको छ । सो चलचित्रमा भारतीय कलाकार अनुराधा मजुमदार, हलिउड अभिनेता ब्रुस डनलगायतका कलाकारको अभिनय रहेको छ ।   

निर्देशक विनोद पौडेल निर्देशित पहिलो हलिउड नेपाली चलचित्रमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द लामा, जोयश पाण्डे, विमल सुवेदीलगायतका कलाकार पनि रहेका छन् । म्याड मङ्की फिल्म्स्ले निर्माण गरेको चलचित्र २०२४ को अन्त्यसम्ममा प्रदर्शनमा आउने जनाइएको छ ।