• ७ वैशाख २०८२, आइतबार

‘महाजात्रा’ को महाकमेडी यात्रा

blog

काठमाडौँ, फागुन १२ गते । चलचित्र ‘महाजात्रा’ निर्माण समूहले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । हामीले चलचित्रको प्रदर्शनअगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी सोमार्फत उदाउनुभएका हास्य कलाकारसँग चलचित्रका कलाकारहरू हुनुहुने निर्माता म्याक्स दिपेश खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेतृ वर्षा राउत उक्त भ्रमणमा हुनुहुने छ ।” 

भ्रमणमा अभिनेतृ दीपाश्री निरौला, हास्य कलाकार सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गर्नुभएका विभिन्न प्रस्तुति प्रस्तुत गरिने छ । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेवलगायतको अभिनय रहेको छ ।