फेरि आउँदै कर्मा ब्यान्ड
नेपाली साङ्गीतिक ब्यान्ड ‘कर्मा’ ले एक दशकपछि नयाँ गीत ‘हेर’ ल्याउने भएको छ । गीतमा समावेश अधिकांश गीतमा कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहको शब्द र सङ्गीत रहने छ । ‘हेर’ कर्मा ब्यान्डको छैटौँ गीतिएल्बम हो । ‘हाम्रा गीत युवादेखि पाका उमेरसम्मका दर्शकले मन पराउने गर्नुभएको छ,” ब्यान्डका गायक सुरेन्द्रमान सिंहले भन्नुभयो, “अमेरिकामा केन्द्रित भएर साङ्गीतिक गतिविधि गरिरहे पनि हामीले आफ्नो नयाँ गीतिएल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । दर्शकमाझ पुग्न यस पटक कर्मा ब्यान्डले नयाँ गीतिएल्बम सार्वजनिक गर्दै छ ।
‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शन
देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ । चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ । चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।
‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा
चलचित्र ‘बोक्सीको घर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको छ । अभिनेतृ केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले चलचित्रलाई निर्देशन गर्नुभएको छ ।
नेपाली चलचित्र हल खाली : युट्युबमा लोकप्रिय
हलमा नेपाली चलचित्र खासै चल्न नसके पनि युट्युबमा भने नेपाली चलचित्रले दर्शकको मन जितिरहेका छन् । नेपाली चलचित्र अहिले युट्युबमा करोडौँ पटक हेरिन थालेका छन् । चलचित्र हलमा खासै नटिकेका कतिपय चलचित्र युट्युबमा धेरै पटक हेर्ने गरिएको छ । युट्युबमा सबैभन्दा धेरै हेरिएको मध्येको चलचित्र छक्का पञ्जा–३ पनि हो । दीपाश्री निरौला निर्देशित यो चलचित्रलाई युट्युबमा तीन करोड चालिस लाख पटक हेरिएको छ ।
मत्स्येन्द्र्नाथ र भोटो जात्रा तस्बिर प्रदर्शनी
पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा रातो मत्स्येन्द्र्रनाथ र भोटो जात्राबारे तस्बिर प्रदर्शनी सुरु भएको छ । सङ्ग्रहालयको २१ औँ स्थापना दिवसका अवसरमा पाटन दरबार सङ्ग्रहालय र हनुमान ढोका दरबार सङ्ग्रहालयको सहकार्यमा सो प्रदर्शनी गरिएको हो ।
पुरस्कार लिनै सङ्कोच
आफ्नो जमानामा निरन्तर पुरस्कारको सूचीमा पर्नुहुने सङ्गीतकार शम्भुजित बाँस्कोटा अहिले दिइने पुरस्कार लिन सोधखोज गर्नुहुन्छ । संस्थाको उद्देश्य, आफूलाई पुरस्कार दिनुपर्ने औचित्यलगायतका कुरामा जानकारी लिएर मात्र पुरस्कार थाप्न जाने गरेको बताउनुहुन्छ । पछिल्लो दिनमा नयाँ नयाँ संस्था खोल्ने अनि समाजका विभिन्न व्यक्तिलाई पुरस्कारका लागि मात्र बोलाउने होडबाजी चलेपछि उहाँले जुनसुकै संस्थाले पुरस्कार थाप्न बोलाउँदा नजाने गरेको बताउनुभयो । उहाँले गोरखापत्रसँग भन्नुभयो, “यस्तो प्रवृत्ति देखिएपछि मैले अवार्ड नलिने घोषणा नै गरिदिएको छु ।”
लामाे समयपछि कमब्याक गर्ने तयारीमा आमिर खान
फिल्म लालसिंह चड्ढाको असफलतापछि बलिउड अभिनेता आमिर खानले आफूलाई फिल्म उद्योगबाट टाढा राखेका थिए ।
मेनुकाको यात्रा टुङ्गियो
गायन रियालिटी कार्यक्रम इन्डियन आइडलबाट मेनुका पौडेलको यात्रा टुङ्गिएको छ । आइतबार राति प्रसारित कार्यक्रमबाट उहाँ बाहिरिएको घोषणा गरिएको हो । पौडेल आइडलको टप १० मा मात्रै पुग्न सफल भएको हो । उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत इन्डियन आइडलको यात्रा टुङ्गिएको लेख्नुभएको छ ।
चर्यानृत्यको लोकप्रियता बढ्दै
ससाना बालबालिकादेखि युवापुस्तामाझ चर्यानृत्यको लोकप्रियता बढ्दै गएको छ । बौद्ध धर्मको वज्रयानी वज्राचार्य गुरुहरूले परम्परादेखि पूजाकोठाभित्र अभ्यास गर्दै आएका चर्यानृत्य संरक्षण गर्नुपर्ने उद्देश्यले ससाना बालबालिकालाई सो प्रशिक्षण दिइन थालेको छ । पछिल्लो दिनमा यो नृत्यप्रति अभिभावकदेखि बालबालिकाको आकर्षण बढ्न थालेको सरोकारवालाले बताएका छन् ।
कलाकार सिर्जना र संस्कृतिका संवाहक हुन् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ ।
सोमबार देशभरका सिनेमा घर बन्द
सोमबार देशभरका सिनेमा घरहरू बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् ।
सीमा क्षेत्रको पीडा ‘काँडेतार’
भूमि अतिक्रमण, हत्या, दुव्र्यवहार, लुटपाट, असुलीलगायतका थुप्रै समस्या व्याप्त छन्, नेपाल–भारत सीमा क्षेत्रमा । सीमा क्षेत्रको यही वास्तविक पीडा, समस्यालाई नेपाली चलचित्र ‘काँडेतार’ ले उजागर गरेको छ । लालपुर्जा हुँदाहुँदै आफ्नो भूमिदेखि लिएर चेलीबेटीले अस्मिता गुमाउनु परेको वास्तविकता चलचित्रमा देखाइएको छ । रातारात कैयौँ ठाउँमा नेपाली भूमि अतिक्रमणमा परिरहेको छ । दुई देशको सीमा छुट्याउने सीमास्तम्भलाई रातारात सार्दा पनि राज्यबाट देखिएको मौनतालगायतका कुरालाई चलचित्रले छर्लङ्ग पारेको छ ।
कलाकारको पहिचान र संस्कृतिको संरक्षण
पछिल्ला वर्षमा हिउँदको समय मेला/महोत्सवमय हुने गरेको छ । स्थानीय उद्योग वाणिज्य सङ्घ, विभिन्न सांस्कृतिक संस्था तथा स्थानीय निकायले समेत हिउँदको समयमा स्थानीय विशेषतासँग नाम जोडेर मेला/महोत्सव आयोजना गर्ने प्रचलन बढिरहेको छ । हिउँदे खेतीपाती लगाएर फुर्सदिलो भएका बेला लाग्ने मेला, महोत्सवले स्थानीय बजारको व्यापार, व्यवसायलाई चलायमान गराउँछ भने अर्कोतिर स्थानीय कला, संस्कृति तथा भाषाको संरक्षण गर्नमा योगदान दिएको हुन्छ । स्थानीय खाने परिकार, वेशभूषा तथा परम्परागत जीवनशैली झल्काउने प्रदर्शनी हुने गरेका छन् ।
आज देशभरका चलचित्र हल बन्द हुने
सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।
दसैँमा ‘ह्रस्व दीर्घ’
चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दसैँमा प्रदर्शन हुने भएको छ । दक्षिण भारतीय कलाकार ब्रह्मानन्दमको जन्मदिनका अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिलाई घोषणा गरिएको हो । अभिनेतृ नीता ढुङ्गानाले निर्माण गर्नुभएको चलचित्रमा उहाँकै प्रमुख अभिनय रहेको छ । चलचित्रको पोस्टरमा बह्मानन्दमलाई मात्र समावेश गरिएको छ । जसमा उहाँ नेपाली ढाका टोपीमा देखिनुभएको छ ।
दर्शक तान्न कथा
चलचित्र लेख्ने काम जो कोहीले गर्न सक्दैनन् । त्यसैले पनि चलचित्रको सम्पूर्ण संरचना कथामा नै अड्किएको हुन्छ । चलचित्रमा पात्रले बोल्ने तथा हरेक क्रियाकलाप चलचित्रमा स्क्रिप्टले नै बुनेको हुन्छ । चलचित्र कथाले चल्ने हो । हलमा दर्शकलाई आकर्षित गर्न कलाकार अवश्य चाहिन्छ तर चलचित्रलाई टिकाइराख्न कथा नै मजबुत हुनु पर्छ ।
चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा रक्षाकोे क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका शहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ सो चलचित्रको च्यारिटी सो देखाइएको हो ।
‘जनयुद्ध’मा आधारित चलचित्रहरु
दस वर्ष लामो सशस्त्र युद्ध विश्राम गरेर तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) २०६३ सालमा शान्तिप्रक्रियामा सहभागी भएपछि माओवादी जनयुद्धमा आधारित चलचित्र धमाधम बन्न थाले । कतिले माओवादीले उठाउँदै आएका मुक्तिका सन्दर्भलाई उल्लेख गरे त कतिले माओवादीकै संलग्नतामा समेत चलचित्र बनाए । तर यसरी बनेका कुनै पनि चलचित्रले व्यवसायिक सफलता हात पार्न सकेनन् । माओवादी कथामा बनेको ‘आवाज’ मात्र होइन, माओवादीकै प्रत्यक्ष संलग्नतामा
चौलागाईंको ‘नझुक्याउ’
गायक युवराज चौलागाईंको गीत ‘नझुक्याउ’ सार्वजनिक भएको छ । गीतमा दीपिका थापाको शब्द र गायक चौलागाईंको सङ्गीत रहेको छ । गीतको भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको छ भने भिडियोमा गायक चौलागाईंसहित कुसुम शर्मा तथा विकास लामिछाने र मेनुका ढकालको अभिनय तथा सम्पादन मिलन विश्वकर्माले गर्नुभएको हो ।
श्रेष्ठलाई सम्मान
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई राष्ट्रिय प्रतिभा सम्मान प्रदान गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १७ औँ साधारण सभाका अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहमा उहाँलाई प्रतिभा सम्मान प्रदान गरिएको हो । सो अवसरमा सङ्गीतकार दीपक जङ्गमले मदनकृष्ण श्रेष्ठले विगत लामो समयदेखि समाजलाई सकारात्मक सन्देश दिन सफल हुनुभएको भन्दै चर्चा गर्नुभयो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठले गाउनुभएको ‘ती नयन शरावी’ गीतको म्युजिक भिडियोको लोकार्पण गरियो ।
‘हेरेको छैन’ सार्वजनिक
चलचित्र ‘उपहार’ को शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक भएको छ । गीतमा रविन भुसालको आवाज, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द छ ।
नृत्य गर्दा स्मार्टफोन
चलचित्र रङ्गेलीको गीत ‘हातैले उघाएर’ को अडियोमा नृत्य गर्दा स्मार्टफोन उपहार पाइने भएको छ । सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले बताउनुभयो । प्रतिस्पर्धामा सहभागीमध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्ने छन् । भिडियो यही माघ २७ सम्ममा पोस्ट गरिसक्नुपर्ने छ ।
मिसेस नेपाल उपाधि सृष्टिलाई
मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पार्नुभएको छ । १० प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पार्नुभएको हो । निर्णायकमण्डलबाट तपाईंलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ भन्ने प्रश्नमा श्रेष्ठले यो संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको जवाफ दिनुभएको थियो । सोही जवाफले उहाँले उपाधिको हकदार बनायो । उहाँले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यक रहेको बताउँदै सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
ब्युटी र मेकअप तालिम केन्द्र सञ्चालनमा
नेपालगन्ज र सो वरिपरिका शृङ्गारमा रुचि राख्ने महिला तथा युवतिहरुका लागि स्थानीय बागेश्वरी मन्दिरको मिनी मार्केटमा व्युटी एण्ड मेकअप ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।