• २२ वैशाख २०८१, शनिबार

‘अँध्यारो उज्यालो’ र ‘निरमाया’ सार्वजनिक

blog

काठमाडौँ , वैशाख १० गते  । किशोर विश्वकर्माको शब्द रचना रहेको गीत ‘अँध्यारो उज्यालो’ सार्वजनिक गरिएको छ । ‘सङ्गीत भकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आरसी रिमालको स्वर र करणराज कार्कीको सङ्गीत रहेको छ । विषम आचार्यले सङ्गीत संयोजन गर्नुभएको छ ।

यसैबिच गायक कृष्ण विकले ‘निरमाया’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । गीतमा गायिका स्मिता दाहालसँग गायक विकले गाउनुभएको छ । प्रेमिल भावको गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ ।

भिडियोमा अभिनेतृ प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गर्नुभएको छ । गीतको भिडियोलाई जिबी आग्रीले निर्देशन र कविराज गहतराजले कोरियोग्राफी गर्नुभएको छ । सञ्जय लामाले छायाङ्कन गर्नुभएको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुनुहुन्छ ।