• ५ असार २०८२, बिहिबार

अभिनेतृ चन्दलाई अवार्ड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ५ गते । प्रथम अभिनेतृ भुवन चन्दलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड–२०८१’ बाट सम्मानित गरिएको छ । चौथो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्मान प्रदान गर्नुभएको हो । सो अवसरमा अग्रज पत्रकार सानुकाजी श्रेष्ठ ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभयो । विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुतिसहितको अवार्डको आयोजक एवं चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र गीत÷सङ्गीतको प्रवर्धनका लागि क्वालिटी फिल्म्सले चार वर्षदेखि अवार्ड गर्दै आएको बताउनुभयो । उक्त अवार्ड २९ विधामा प्रदान गरिएको थियो ।