• ५ असार २०८२, बिहिबार

हेमजा हिले महोत्सव हुने

blog

सन्ताेष सुबेदी

कास्की, असार ५ गते । पोखरा २५ हेमजामा पाँचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ ।

देवीस्थान सेवा समाजको आयोजनामा यही असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुनेछ । 

क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मूल आयोजक समिति गठन गरिएको छ ।

विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैँटो फुटाउने, हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाच, हलगोरु दौडलगायतका प्रतियोगिता रहेको महोत्सव मूल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिनुभयो ।