• २१ वैशाख २०८१, शुक्रबार

‘सतीदेवी’ सर्वोत्कृष्ट चलचित्र

blog

काठमाडौँ, वैशाख १० गते । तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ चलचित्र सर्वोत्कृष्ट भएको छ । निर्देशनमा चलचित्र ‘दिमाग खराब’ का निर्देशक निश्चल बस्नेत सर्वोत्कृष्ट हुनुभएको छ ।

रामेछापमा शनिबार सम्पन्न महोत्सवमा चलचित्र ‘दिमाग खराब’ की स्वस्तिमा खड्का सर्वोत्कृष्ट नायिका र चलचित्र नाङ्गो गाउँबाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता बन्नुभएको छ ।

सर्वोत्कृष्ट घोषित ‘सतीदेवी’ ले पटकथामा पनि आफ्नो कब्जा जमाएको छ । अभिनेत्री मलिका महतले सोही चलचित्रबाट ‘बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड’ प्राप्त गर्नुभएको छ । सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुसाल अभिनीत ‘विच्छेद’ ले ‘जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको जनाइएको छ । रङ संयोजनमा ‘दिमाग खराब’ का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट हुनुभएको छ । सर्ट फिल्मतर्फ परिच्छेद सेनको छोटो चलचित्र ‘मदर’ उत्कृष्ट भएको छ । बेस्ट कल्चरल फिल्ममा बुद्धिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ ले अवार्ड प्राप्त गरेको छ । चलचित्र आर्ट्स उत्कृष्ट चलचित्र निर्माण कम्पनी बन्न सफल भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।