• २२ वैशाख २०८१, शनिबार

‘मनसरा’ टोली पोखरामा

blog

लेखनाथ समाचारदाता

लेखनाथ, वैशाख ९ गते । चलचित्र ‘जारी’ को निर्देशकबाट चर्चा कमाउनुभएका उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ यही वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ । प्रदर्शनको दुई हप्ताअघि मनसराको टोली प्रचारका लागि शनिबार पोखरा आइपुगेको छ । 

पोखरामा पत्रकारमाझ निर्देशक सुब्बाले मनसरामा यसअघि आएका बनाएका चलचित्रभन्दा पृथक् कथा भएको दाबी गर्नुभयो । नेपालमा पाइने ‘मनसरा’ धानको जस्ता विशेषता चलचित्रमा पनि रहेको उहाँ बताउनुहुन्छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायतको अभिनय छ । कथाकार, कविका रूपमासमेत चर्चित निर्देशक सुब्बाकै कथा लेखन रहेको यो चलचित्रका कार्यकारी निर्मातामा सिजन दाहाल हुनुहुन्छ । 

आफूले पर्दामा समाजका दुःखसुख र यथार्थ देखाउन खोजेको सुब्बाको भनाइ छ । ललितपुरको सिमाखु गाउँ, पूर्वको पाँचथर र काठमाडौँमा चलचित्र छायाङ्कन गरिएको छ ।