बालचलचित्र प्रदर्शन
चलचित्र विकास बोर्डको विशेष सहकार्यमा शैली थिएटरले बालचलचित्र प्रदर्शनी तथा संवाद सम्पन्न गरेको छ । शुक्रबार आयोजित ‘नेपालमा बाल चलचित्रको महत्व र आवश्यकता’ विषयक संवाद कार्यक्रमका वक्ताले बालबालिकाका लागि चलचित्र कम बन्ने गरेको धारणा व्यक्त गर्नुभएको छ ।
टिकटकरबाट फिल्मतिर
टिकटक र ‘भिडियो कन्टेन्ट क्रियटर’ को रूपमा चर्चित पारस बमले चलचित्र ‘होस्टल’ को तेस्रो भाग ‘होस्टल ३’ मा अभिनय गर्नुहुने भएको छ । ‘कुल ब्वाई’ को नामबाट चर्चित पारस बम चलचित्रको महत्वपूर्ण भूमिका र प्रमुख पात्रमध्ये एकका लागि लिइएको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । होस्टलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनामा आधारित रहेर बन्न लागेको चलचित्रबाट डेब्यु गर्न लागेका पारस गायकसमेत हुनुहुन्छ ।
निःसन्तान दम्पतीको कथा लिएर ‘मनसरा’
उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निःसन्तान दम्पतीको व्यथा, हराएका पात्रको पुनर्मिलन, अन्तरजातीय सम्बन्ध जस्ता कथा, उपकथा वरिपरि चलचित्रमा घुमेको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईलगायत कलाकारको अभिनय रहेको छ । कथाकार, कविका रूपमा समेत चर्चित निर्देशक सुब्बाकै कथा लेखन रहेको सो चलचित्रका कार्यकारी निर्मातामा सिजन दाहाल हुनुहुन्छ । चलचित्रमा समाजका दुःखसुख र यथार्थ देखाउन खोजेको लेखक सुब्बाले बताउनुभयो ।
दलित आयोगमा ‘पुजार सार्की’
जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने साझा सङ्घर्षको कथामा आधारित चलचित्र ‘पुजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो राखेको छ । आयोगले चलचित्रका निर्माता तथा निर्देशक समूहसँग छलफल तथा स्वागत गरेको हो । चलचित्रका अभिनेतृद्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीले पुजार सार्की निर्माको पृष्ठभूमिबारे आयोग पदाधिकारीलाई जानकारी गराउनुभएको थियो । चलचित्रका लेखक विकस सुवेदीले पुजार सार्की आफूले देखेको घटनामा आधारित भएर लेखिएको बताउनुभयो ।
मैथिली चलचित्र ‘लेबर’ घोषणा
निर्देशक पुर्णेन्दु के झाले चलचित्र ‘लेबर’ को घोषणा गर्नुभएको छ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सो चलचित्रको घोषणा गरिएको हो । पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा बिदेसिन बाध्य नेपालीको कथालाई प्रस्तुत गरिने जनाइएको छ । निर्देशक झाले मजदुर र सरकारबिचको कथा चलचित्र ‘लेबर’ ले भन्ने बताउनुभयो । चलचित्रमा उत्पल झा, रामभजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।
गायक जुजुकाजी रञ्जितको एकल साँझ (फोटो फिचर)
नेपाल भाषाको पाक्षिक पत्रिका ‘पेज ३’ को ४०० अंक प्रकाशित भएको अवसरमा गायक जुजुकाजी रञ्जित लाइभ कन्सर्टमा लागि मंगलबार राति दक्षिणकाली नगरपालिकास्थित छैमली रिसोर्टमा सांगीतिक प्रेमीको भीड लागेको थियो ।
बेलायतमा नेपाली कन्सर्ट हुँदै
नवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्ट बेलायतमा आयोजना हुँदैछ ।
वेभ सिरिजतिरै दर्शक
एउटा समय थियो, टेलिशृङ्खला हेर्न टेलिभिजनमा झुम्मिने । रामायण, महाभारत, चन्द्राकान्तालगायत सयौँ टेलिशृङ्खलाले दर्शकलाई लट्ठै पाथ्र्यो । जनैको साँचो, कालीगण्डकीको तिर, तिलहरी, मेरीबास्सै, हिजोआजका कुरा, तितोसत्य, १५ गते, १२ बजे, ख्वटाबजीलगायत थुप्रै टेलिशृङ्खलाको सम्झना टेलिभिजनका दर्शकले अझै गर्दै छन् । अब त्यो कथा बन्यो । बदलियो दर्शकको रुचि । प्रविधिको द्रुत विकाससँगै दर्शकको रोजाइ बनेको छ, वेभ सिरियल । सामाजिक, पारिवारिक र हास्यमिश्रित वेभ सिरिजको बाहुल्य नेपाली समाजमा छ । वेभ सिरिज अर्थात् ओटिटी (ओभर दी टप) प्लेटफर्म नेपालमा लोकप्रिय बन्दै गएको छ । नेपाली वेभ सिरिज ‘डियर लभ’ सन् २०१९ मा ओटिटी माध्यम ‘आइफ्लिक्स’ मा पहिलो पटक प्रदर्शन भएको थियो ।
भिडियो सार्वजनिक
कवि दुर्गालाल श्रेष्ठको नेपाल भाषा गीत ‘घाः जुयाः जक ख्वैगु खः’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । महर्जन रत्न निर्देशित उक्त गीतमा एनएम म्युजिकको प्रस्तुति रहेको छ ।
‘बोक्सीको घर’ गन्तव्य भुलेको कथा
नेपाली समाजमा ‘बोक्सी’ को विश्वासले ग्रामीण समाजमा जरा गाडेको छ । यसै विषयवस्तुमा चलचित्र ‘बोक्सीको घर’ निर्माण गरिएको छ । रङ्गकर्मी सुलक्षण भारती निर्देशित ‘बोक्सीको घर’ नाटकलाई चलचित्र रूपान्तरण गरिएको हो । पुरुषप्रधान समाजले ‘बोक्सी’ का नाममा महिलामाथि गरिएको दमनको कथालाई चलचित्रमा पस्कन खोजिएको छ ।
नयाँ भर्सनमा ‘जाऊँ साइँली बेनी बजार’
‘जाऊँ साइँली बेनी बजार’को नयाँ भर्सन सार्वजनिक भएको छ। लोकगायक स्वर्गीय पदम बिस्ट, लोचन भट्टराई र विमला राईको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा बजारमा आएको हो।
चलचित्र माइतीघरका अभिनेता सिपी लोहनीको निधन
निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र ‘माइतीघर’का अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा दिउँसो काठमाडौँमा निधन भएको छ ।
डान्सबारमा हिंसा : अधिकांश कलेज पढ्ने किशोरी
काठमाडौं उपत्यकाको दोहोरी साँझ, डान्स बार तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा प्रवेश गर्ने अधिंकाश कक्षा दशदेखि १२ सम्म पढ्ने बालबालिका पाइएको एक अध्ययनले देखाएको छ ।
‘बलिदान’ ले अडिसन लिने
चलचित्र ‘बलिदान’ ले अडिसनमार्फत कलाकार छनोट गर्ने भएको छ । सो प्रयोजनका लागि आसुसेन फिल्मले अडिसन आह्वान गरेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार इच्छुक र योग्य व्यक्तिले खुला प्रतिस्पर्धाबाट चलचित्रमा बाजी मार्न सक्ने छन् । चलचित्रमा मधेशी संस्कृति र सौन्दर्य झल्किने महिला कलाकार आवश्यकता रहेको बताइन्छ । ‘बलिदान’ को प्रमुख भूमिकामा समीर भट्ट देखिँदै हुनुहुन्छ । चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेतृ ऋचा शर्माले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । ‘बलिदान’ छायाङ्कनका लागि इटहरीमा सेट डिजाइनको काम भइरहेको जनाइएको छ ।
सिडी विजयको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसाको अभिनय
गायक सिडी विजय अधिकारीको ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
चलचित्र 'बोक्सीको घर'को व्यापार उत्साहजनक
चलचित्र ‘बोक्सीको घर’ यतिबेला देशभरका हलमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।
सङ्गीत उद्यमी सूर्यलाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड
नेपालका चर्चित तथा लोकप्रिय सङ्गीत उद्यमी सूर्यबहादुर मगरले टेक्नोलोजी एक्सिलेन्स २०२४ अवार्ड प्राप्त गर्नुभएको छ । हिजो शनिवार काठमाडौंको पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला र डमसोल टेक्नोलोजी मानव सद्भाव नेपालकी प्रमुख तथा कार्यकारी अधिकृत नमिता घिमिरेले संयुक्तरुपमा सूर्यलाई सो अवार्ड हस्तान्तरण गर्नुभयो ।
फेसन फेस्टिभल हुँदै
फेसन नेटवर्क नेपालले नेपाल फेसन फेस्टिभल आयोजना गर्ने भएको छ । देशको युवा र दक्ष जनशक्तिलाई बजारसँग जोड्न उक्त फेस्टिभल आयोजना गर्न लागिएको हो । कलाकार प्रशान्त ताम्राकारका अनुसार जेठको ११ देखि १३ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल सञ्चालन गरिने छ । युवा र महिला सशक्तीकरणमा जोड दिइएको फेस्टिभलमा फेसन, सौन्दर्य र जीवनशैलीलाई मुख्य प्रस्तुतिका रूपमा राखिने छ । नेपाली डिजाइनर, स्वदेशी वस्तु, स्वदेशी ब्रान्ड आदिको बजार व्यवस्थापन र बजार र विक्रेताबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फेस्टिभल आयोजना गरिएको जनाइएको छ । फेस्टिभलमा प्रदर्शनीसहित ६० वटा स्टल रहने जनाइएको छ ।
‘आँखा’ मा रङ्गकर्मीकै बाहुल्य
सामाजिक विषयवस्तुमा निर्मित चलचित्र ‘आँखा’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । लामा सिनेमा प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘आँखा’ ले आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि कति गहिराइसम्म मानिस जान्छन् भन्ने मार्मिक दृष्टिकोण व्यक्त गरेको छ । चलचित्र निर्देशक जोन योञ्जनका अनुसार दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधिभित्रको रमाइलो कथा ‘आँखा’ हो । चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा रहेको छ । चलचित्रमा रङ्गकर्मीमा ख्याति कमाएका बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराललगायत कलाकारको अभिनय रहेको छ ।
‘फर्की फर्की’ र ‘चरी बस्यो बनैमा’
चलचित्र ‘फर्की फर्की’ को ‘फर्की फर्की आउँछु म..’ बोल गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा अनमोल र जसिताको जोडी देख्न सकिन्छ । चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका रहेको छ । ‘फर्की फर्की आउँछु म’ गीतमा रोमन वज्राचार्य र निखिता थापाको आवाज रहेको छ । रोहित अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा रवि काफ्ले र समृद्धि अर्यालको समेत अभिनय रहेको छ । सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र जेठ १० देखि प्रदर्शन गरिने जनाइएको छ ।
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रूपमा प्रदर्शनरत छ ।
राष्ट्रिय पुरस्कारको निवेदन आह्वान
चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ । बोर्डको २४ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गर्दै छ । बोर्डले पुरस्कारका लागि वैशाख २१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । राष्ट्रिय चलचित्र पुरस्कारका लागि २०८० वैशाख १ गतेदेखि २०८० चैत मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रले आवेदन दिन सक्ने जनाइएको छ । विशेष चलचित्रका लागि २०८० वैशाख १ गतेदेखि चैत मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रले आवेदन दिन सक्ने छन् ।
छैटौँ सातामा ‘महाजात्रा’
षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । ‘जात्रा’ र ‘जात्रैजात्रा’ पछि महाजात्रा चलचित्र ५१ औँ दिनको यात्रामा अघि बढिरहेको छ । प्रदर्शनको पाचौँ साता पार गर्दा पनि उल्लेख्य सोसहित फिल्म प्रदर्शन भइरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराई निर्देशित अघिल्ला चलचित्रझैँ यसले पनि ५१ औँ दिनको यात्रा तय गर्ने देखिएको छ । निर्देशक भट्टराईले स्वदेशसँगै विदेशका दर्शकले चलचित्रलाई मन पराउनु सबैभन्दा ठुलो सफलता रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालपछिको दोस्रो ठुलो बजार मानिने अस्ट्रेलियाको सिड्नीमा मात्र फिल्मको ३५ सो भइसकेको छ ।
कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’ : ‘माइण्ड ब्लोइङ’
शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बोक्सीको घर’ को प्रिमियर भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर शो भएको हो ।