• ३० वैशाख २०८१, आइतबार

‘आँखा’ मा रङ्गकर्मीकै बाहुल्य

blog

काठमाडौँ, वैशाख १६ गते । सामाजिक विषयवस्तुमा निर्मित चलचित्र ‘आँखा’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । लामा सिनेमा प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘आँखा’ ले आधुनिक समाजमा तल्लो वर्गको सङ्घर्ष र बाँच्नका लागि कति गहिराइसम्म मानिस जान्छन् भन्ने मार्मिक दृष्टिकोण व्यक्त गरेको छ । चलचित्र निर्देशक जोन योञ्जनका अनुसार दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यही परिधिभित्रको रमाइलो कथा ‘आँखा’ हो । चलचित्रमा निर्देशक योञ्जनकै कथा, पटकथा रहेको छ । चलचित्रमा रङ्गकर्मीमा ख्याति कमाएका बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, रेनुका कार्की, अभयराज बराललगायत कलाकारको अभिनय रहेको छ ।