• २९ वैशाख २०८१, शनिबार

‘फर्की फर्की’ र ‘चरी बस्यो बनैमा’

blog

काठमाडौँ, वैशाख १६ गते । चलचित्र ‘फर्की फर्की’ को ‘फर्की फर्की आउँछु म..’ बोल गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतमा अनमोल र जसिताको जोडी देख्न सकिन्छ । चलचित्रमा अभिनेता अनमोल केसी र जसिता गुरुङको शीर्ष भूमिका रहेको छ । ‘फर्की फर्की आउँछु म’ गीतमा रोमन वज्राचार्य र निखिता थापाको आवाज रहेको छ । रोहित अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा रवि काफ्ले र समृद्धि अर्यालको समेत अभिनय रहेको छ । सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र जेठ १० देखि प्रदर्शन गरिने जनाइएको छ ।

‘चरी बस्यो वनैमा’ 

‘चरी बस्यो बनैमा’ बोल गीतको नयाँ भिडियो सार्वजनिक गरिएको छ । ‘नेपमेलो’ को युट्युब च्यानलबाट सार्वजनिक गीतमा तीर्थराज गुरागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ । सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र अनिशा ओलीको अभिनय देख्न सकिन्छ ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिच्नुभएको हो । भिडियोको निर्देशन सान थापाले गर्नुभएको छ ।