• ८ जेठ २०८१, मङ्गलबार

भिडियो सार्वजनिक

blog

काठमाडौँ, वैशाख १९ गते । कवि दुर्गालाल श्रेष्ठको नेपाल भाषा गीत ‘घाः जुयाः जक ख्वैगु खः’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । महर्जन रत्न निर्देशित उक्त गीतमा एनएम म्युजिकको प्रस्तुति रहेको छ । 

कवि श्रेष्ठले घाः जुयाः जक ख्वैगु खः गीत लेखनको प्रसङ्ग चर्चा गर्दै रेडियो नेपालबाट नेपाल भाषाको कार्यक्रम ‘जीवन दबू’ हटाइएपछि यो गीत लेखेको बताउनुभयो । सो गीतको भिडियोसमेत निर्माण गरिएकोमा कवि श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । गीतको सहनिर्देशन रवि महर्जन, कोरियोग्राफी रन्जु श्रेष्ठको रहेको छ । गीतमा नारायणदेवी प्रधान, रवि डङ्गोल, मन्जु श्रेष्ठ, लक्ष्मीकुमार महर्जन, श्यामसुन्दर शिल्पकार, अर्नेश्वरी शिल्पकारलगायतको अभिनय छ ।