• १० मंसिर २०८१, सोमबार

मैथिली चलचित्र ‘लेबर’ घोषणा

blog

काठमाडौँ, वैशाख २० गते  । निर्देशक पुर्णेन्दु के झाले चलचित्र ‘लेबर’ को घोषणा गर्नुभएको छ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सो चलचित्रको घोषणा गरिएको हो ।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा बिदेसिन बाध्य नेपालीको कथालाई प्रस्तुत गरिने जनाइएको छ । निर्देशक झाले मजदुर र सरकारबिचको कथा चलचित्र ‘लेबर’ ले भन्ने बताउनुभयो । चलचित्रमा उत्पल झा, रामभजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायत कलाकारको अभिनय रहने जनाइएको छ ।