• २९ वैशाख २०८१, शनिबार

सङ्गीत उद्यमी सूर्यलाई टेक्नोलोजी एक्सिलेन्स अवार्ड

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १६ गते । नेपालका चर्चित तथा लोकप्रिय सङ्गीत उद्यमी सूर्यबहादुर मगरले टेक्नोलोजी एक्सिलेन्स २०२४ अवार्ड प्राप्त गर्नुभएको छ । हिजो शनिवार काठमाडौंको पर्यटन बोर्डको हलमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला र डमसोल टेक्नोलोजी मानव सद्भाव नेपालकी प्रमुख तथा कार्यकारी अधिकृत नमिता घिमिरेले संयुक्तरुपमा सूर्यलाई सो अवार्ड हस्तान्तरण गर्नुभयो । 

‘तपाईंको अपवादात्मक सीप, नवीन योगदान र उत्कृष्टताप्रतिको अटल समर्पणको स्वीकृतिमा हामी तपाईंलाई उपलब्धिको यो प्रमाणपत्र प्रस्तुत गर्न पाउँदा धेरै खुसी छौं’ सूर्यलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ, ‘सङ्गीत निर्मातामा तपाईंको दक्षताले उच्च मापदण्ड मात्र बनाएको छैन, संसारलाई पनि प्रेरित गरेको छ ।’ 

अवार्ड पाउने अन्य व्यक्तित्वमा क्रमशः भारत, बङ्गलादेश, भुटान, नेपाल, क्यानडा, क्रेनिया, मोरेसिस्, मलेसिया र अमेरिकाका प्राडा. मानस रोय, डा. विजयकिशोर वंन्शाल, डा. भवानी के. आर., डा. सबिता भण्डारी, प्राडा. कृष्णमोहन चलाभदी र डा. तेरलाराजेश सम हुनुहुन्छ । कार्यक्रमको विशिष्ट अतिथिमा संयुक्त राष्ट्रसङ्घको उपसभापति डा. रिंचिन च्वफेल पदमाश्री  कल्पना सरोज हुनुहुन्थ्यो । 

उसो त सूर्य क्रियशन प्रालि.का प्रबन्ध निर्देशकसमेत रहनुभएका सूर्यले सङ्गीत व्यवसायमा लागेको करिब दुई दशकको यो अवधिमा झण्डै पाँच हजार गीत तथा दुई हजार पाँचसय भिडियो उत्पादन गरिसक्नुभएको छ । ती प्रायः सबैले सफलता पाएका छन् । 

जसमा पनि उहाँले आफ्नो कला–क्षमता पस्कनुभएको ‘आफ्नो मन आफैंसँग ढाँट्न नमिल्ने’, ‘लुकिछिपी चुपचाप के माया लगाउनु’, ‘नजाउ टाढा तिमीलाई’, ‘एकान्त प्यारो’, ‘तिम्रो साथ’, ‘कसले सुरूवात ग र्‍याे होला माया भन्ने चीज’, ‘चोखो माया लाऊ साइँला’, ‘मायाले बाटो नबारे’, ‘खुकुरी धारले भन्दा’, ‘काली–काली छौ दिलवाली’ आदि बोलको गीतले चर्चा कमाएका छन् । 

उसो त सूर्य आफ्नो पेशागत र अन्य विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । रामेछाप सांस्कृतिक कला साहित्य समाजका संस्थापक अध्यक्ष, सङ्गीत विकास बचत तथा ऋण सहकारी संस्थाको बोर्ड सदस्य, नेपाल उद्योग वाणिज्य महासङ्घ वस्तुगत परिषद्का उपसभापति, सङ्गीत तथा चलचित्र उत्पादक समाजको अध्यक्ष–प्रमुख कार्यकारी अधिकृत, नेपाल सङ्गीत उद्योग सङ्घका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासङ्घ, चलचित्र मनोरञ्जन फोरमको उपसभापति, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) संयोजन समितिका सल्लाहकार, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय रोयल्टी अनुगमन उपसमितिको उपसंयोजक, नेपाल साङ्गीतिक सङ्घको मानार्थ सदस्य, पिम नेपालको मानार्थ सदस्यलगायत उहाँको समय–समयकाे थप परिचय हो ।

यस अर्थमा त सूर्य अनगन्ती सम्मान, पुरस्कार अनि अवार्डसहित अभिनन्दित हुनुभएको छ । ‘पश्चिमाञ्चल सांस्कृतिक केन्द्र सम्मान–२०७५’, ‘प्रेम अर्थ सम्मान–२०७६’, ‘न्यू अरुणाेदय स्कुल तेक्वान्दाे डोजाङ सम्मान–२०७८’, ‘वीरगन्ज उद्योग वाणिज्य सङ्घ सम्मान–२०७८’, ‘बिर्तामोड उद्योग वाणिज्य सङ्घ सम्मान–२०७९’, ‘सङ्गीत रोयल्टी सङ्कलन समाज सम्मान–२०७९’, ‘दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड–२०७९’ (जुरी निर्णायक), ‘क्वालेटी इन्टरटेनमेन्ट राष्ट्रिय सङ्गीत व्यवसायी सम्मान–२०७९’, ‘इण्डो नेपाल सुजन म्युजिक अवार्ड–२०८०’, ‘तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्ड–२०८०’ (राष्ट्रिय सङ्गीत संरक्षण सम्मान), विश्व उपभोक्ता महासङ्घ नेपाल द्धारा सम्मानित (राष्ट्रिय सङ्गीत संरक्षण सम्मान २०८०), इन्डो नेपाल म्यूजिक अवार्ड २०८० (निर्णायक), नेप्को इन्टरटेडमेन्ट म्युजिक अवार्ड २०८० (सर्वोउत्कृष्ट म्युजिक उत्पादक अवार्ड) आदि यसका उदाहरण हुन् ।