• १५ वैशाख २०८१, शनिबार

राम्रो चलचित्र महाजात्रा : अध्यक्ष ओली

blog

काठमाडौँ, चैत १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाजात्रा चलचित्र राम्रो चलचित्र भएको टिप्पणी गर्नुभएको छ । सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित चलचित्र हेर्न पुग्नुभएका ओलीले यस्तो कुरा बताउनुभएको हो ।

चलचित्र हेरिसकेपछि उहाँले प्रतिक्रिया दिँदै भन्नुभयो, “चलचित्रलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यस कारण ०.५ घटाएँ ।” उहाँले चलचित्रमा राम्रो सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त भएको टिप्पणी गर्नुभयो ।  अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका ४० नेताले चलचित्र हेर्नुभएको थियो । चलचित्रलाई अध्यक्ष ओली अगाडि पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पनि हेरिसक्नुभएको छ ।