• २३ वैशाख २०८१, आइतबार

नेपथ्य समूह बिर्तामोडमा

blog

काठमाडौँ, चैत २७ गते । नयाँ वर्ष २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य साङ्गीतिक समूह पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापाका महत्वपूर्ण केन्द्रलाई जोड्ने उदीयमान सहरमा आगामी चैत ३० गते शुक्रबार बेलुकी ब्यान्डका लोकल भाका गुन्जने छन् । नेपथ्यले यस सहरकै प्रमुख खेलकुद आयोजना ‘झापा गोल्डकप’ लाई योगदान दिने उद्देश्यका साथ आफूलाई प्रस्तुत गर्न लागेको हो ।

नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले भन्नुभयो, “कोभिड महामारीको लामो अन्तराललाई नाघेर ब्यान्ड फेरि जुर्मुराएको बिन्दु छेउको दमक बन्न पुगेको थियो भने केही दिनअघि मात्र पनि हामी अर्को छेउमा रहेको इलाम करफोकमा प्रस्तुत भएका थियौँ ।” नेपथ्य मन पराउने दर्शक घेरामा उभिनका लागि आफू सदैव उत्साहित रहने गरेकामा अबको केही दिनमै बिर्तामोडका सङ्गीतप्रेमीमाझ पुग्न व्यग्र भइरहेको पनि गुरुङले थप्नुभयो ।

स्थानीय डोमालाल राजवंशी रङ्गशालामा आयोजना हुने कन्सर्टका लागि टिकटको मूल्य एक हजार रुपियाँ राखिएको छ ।