• २३ वैशाख २०८१, आइतबार

‘कृष्ण कन्हैया’ भजन बजारमा

blog

काठमाडौँ , चैत २७ गते । ‘कृष्ण कन्हैया’ भजन गीत बजारमा आएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्द रहेको उक्त भजनमा तृप्ति खड्का गुरुङको सङ्गीत तथा स्वर रहेको छ । भजन काठमाडौँको सारेगम स्टुडियोमा रेकर्ड गरी इटहरीस्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा यसको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । 

भजनको भिडियोमा नायिका मेनुका माझी र कलाकार दिनेश कोइरालाको अभिनय रहेको छ । निर्देशक अरुण प्रधानको निर्देशन र मेनुका माझीको सहायक निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियोको म्युजिक नेपालले प्रसारण तथा बजार व्यवस्थापन गरेको छ ।