काठमाडौँ, असार ११ गते । सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक सन्दिप न्यौपाने र सरिता कार्कीको आवाजमा रहेको "दिलमा सिङ्गो घर" बोलको म्युजिक भिडियो सरिता कार्की युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
यस गीतको म्युजिक भिडियोमा लय र शब्द डि. आर सुजनको रहेको छ भने भिडियोलाई विमल छिनालले एरेन्ज गर्नु भएको छ । निर्देशक प्रकाश भट्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा सन्दिप न्यौपाने, सरिता कार्की र डि.आर सुजनको अभिनय देख्न सकिन्छ । करन चैसिरले छायांकन गरेको गितलाई नविन घर्ती मगरले सम्पादन गर्नु भएको छ । हेर्नुहोस भिडियो