• १६ साउन २०८२, शुक्रबार

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

blog

पाथीभरा मन्दिरबाटा ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गर्दै लाखेजात्रा सञ्चालन समितिका टिम । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, साउन १५ गते । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारलाई थप मदत पुर्‍याउने उद्देश्यसहित पाथीभरा धामबाट बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो ।

लाखेजात्रा सञ्चालन समितिद्वारा आगामी साउन २४ गतेदेखि फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदान सुरु हुने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रोदर्श फुटबल क्लब इटहरी सुनसरीबिच प्रतिस्पर्धा हुने भएको छ । 

त्यस्तै दोस्राे खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुँदैछ । यो दुई टीमबीचको खेल साउन २५ गते हुने तालिकामा उल्लेख छ । साउन २६ गते हुने तेस्राे खेलमा लिजेण्ड फुटबल एकेडेमी सिलगुडी भारत र चर्च ब्वोइज ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । यस्तै क्वाटरफाइनल चरणको अन्तिम खेलमा सलहेस युबा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथर भिडदै छन् । तालिका अनुसार यो दुई टीमबिचको खेल साउन २७ गते हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु साउन २८ र २९ गते हुने तालिका सार्वजनिक भएको छ । फाइनल खेल साउन ३१ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खेलको सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको बाइक प्रदान गर्ने आयोजकले जनाएको छ । अन्य विभिन्न विधामा समेत उचित नगद पुरस्कारसहित ट्रफी लगायतको व्यवस्था गरिएको समितिले उल्लेख गरेको छ ।