• १६ साउन २०८२, शुक्रबार

नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबिच भेटवार्ता

blog

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरू । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, साउन १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरूबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने छ । 

भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, पूर्व उपप्रधानमन्त्री एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।