• ११ असार २०८२, बुधबार

निर्देशक पुरीलाई मातृशोक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ११ गते । चलचित्र निर्देशक नारायण पुरी र चलचित्र सम्पादक शिव पुरीलाई मातृशोक परेको छ । उहाँहरूकी आमा चन्द्रकला पुरीको ८७ वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ । लामो समयदेखि दम रोगबाट पीडित उहाँको मङ्गलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । निर्देशक पुरी निर्देशित चलचित्र सौता, सगुन, सान्नानी नेपाली चलचित्र क्षेत्रका सफल चलचित्रमा गनिन्छन् । चलचित्र सम्पादक पुरी नेपाल चलचित्र प्राविधिक सङ्घका पूर्वकोषाध्यक्ष हुनुहुन्छ ।