• १५ वैशाख २०८१, शनिबार

‘सङ्गीतले अझै गम्भीर बनायो’

blog

काठमाडौँ, चैत १६ गते । सानैदेखि गीत सङ्गीतमा रुचि राख्नुहुने रोल्पाको लुङ्ग्री गाउँपालिका–६ का लोकबहादुर रसाइली नायक राजेश हमालबाट प्रेरित भएर कलाकारिता क्षेत्रमा लागेको बताउनुहुन्छ । दुई दर्जन गीतमा मोडलिङ तथा आधा दर्जन गीत गाइसक्नुभएका उहाँले २०६७/६८ सालमा काठमाडौँ आएर म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । 

उहाँले अभिनय गर्नुभएको म्युजिक भिडियो युट्युबमा लाखौँ पटक हेरिएका छन् ।  गायन र अभिनयमार्फत मेला महोत्सवमा सहभागी जनाउनुभएका रसाइली भन्नुहुन्छ, “यसरी नै जीवन चलिरहेको छ । इमानदार भएर मेहनत गर्ने हो भने जीवन चलाउन पनि कलाकारितामा सजिलो हुँदै जाने रहेछ ।” 

इमानदार भएर मेहनत गर्ने हो भने जीवन चलाउन पनि कलाकारितामा सजिलो हुँदै जाने रहेछ । अभिनय र गायनलाई नै आफ्नो प्रमुख पेसा बनाएका रसाइलीले अन्तर्राष्ट्रिय म्युजिक अवार्ड, मलेसिया, थाइल्यान्ड, सिङ्गापुरलगायतका देशमा नेपालका विभिन्न संस्थाले आयोजना गरेका साङ्गीतिक कार्यक्रममा पुरस्कृत हुनुभएको छ । 

रसाइली भन्नुहुन्छ, “मेरो कलाकारितालाई कदर गर्दै विभिन्न सङ्घ संस्थाले गरेको सम्मानले एक खासको हौसला प्रदान गरेको छ । कलाकारिता क्षेत्रमा अझै गम्भीर बनाएको छ । सामाजिक जिम्मेवारी पनि थपिएको महसुस गरेको छु ।”