• १५ वैशाख २०८१, शनिबार

‘दिल रोएको बेला’ सार्वजनिक

blog

काठमाडौं, चैत १६ गते । सङ्गीतकार लक्ष्मण पोखरेलको  निकै नै मर्मस्पर्शी कर्णप्रिय गीत दिल रोएको बेला सार्वजनिक भएको छ । 

प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर नारायण रेग्मीको शब्द रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ । 

ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायाङ्कन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ  छ । 

लामो समय जर्मनीमा बसेर नेपाली गीत सङ्गीतको क्षेत्रमा केही गर्ने उद्देश्यका साथ गीत सङ्गीतमा लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशालाग्दो अनुहार हो । 

मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेसनमार्फत उहाँले नेपाली गीत सङ्गीतको साथ साथै सामाजिक कार्यमा पनि उत्तिकै कार्यहरु गरिरहेका छन् ।