• १० मंसिर २०८१, सोमबार

‘१२ गाउँ’ मा इकु

blog

काठमाडौँ, जेठ ४ गते । विराज भट्टको निर्माण, निर्देशन रहने चलचित्र ‘१२ गाउँ’ मा हास्य कलाकार सुलेमान शङ्कर (इकु) ले अभिनय गर्नुहुने भएको छ । विराजले सामाजिक सञ्जालमा सुलेमानसँगको एक तस्बिर पोस्ट गर्दै लेख्नुभएको छ्, “सुलेमान शङ्कर ‘इकु’ लाई १२ गाउँ चलचित्रमा अब दर्शकले हेर्न पाउने छन् । उहाँलाई हामीले एउटा महत्वपूर्ण पात्रका लागि चलचित्रमा अनुबन्धित गरेका छाैँ ।”

चलचित्रमा विराजको छोरा समीर, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई मुख्य भूमिकामा छानिएको जनाइएको छ । एक्सन–थ्रिलर विषयमा बन्न लागेको चलचित्रको छायाङ्कन नेपाल र भारतमा हुने बताइन्छ ।