• १२ साउन २०८१, शनिबार

लोक स्टार बनिन् हरिकला

blog

तानसेन, जेठ २ गते । माथागढी गाउँपालिकास्तरीय ‘लोक स्टार प्रतियोगिता’ मा हरिकला ठाडा प्रथम हुनुभएको छ । सो प्रतियोगितामा गनिसरा बाह्रघरे द्वितीय र मीना विश्वकर्मा तृतीय हुनुभएको छ ।

स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले सो प्रतियोगिता गरिएको जनाइएको छ । कार्यक्रम संयोजक रुपेश कार्कीका अनुसार प्रतिभाको पहिचान र उनीहरूलाई उचित ‘प्लेटफर्म’ दिन लोक स्टार प्रतियोगिता आयोजना गरिएको हो । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार प्रतियोगिताले प्रतिभा पहिचानमा सहयोग पुग्ने र यसमार्फत स्थानीय कला र संस्कृतिको प्रवर्धनमा सहयोग पुग्ने छ ।