• ६ जेठ २०८१, आइतबार

आश्रम सहयोगार्थ आनीको कन्सर्ट

blog

लन्डन, वैशाख २५ गते । नवसेवा आश्रमको सहयोगार्थ आनी छोइङ डोल्माले संयुक्त अधिराज्य (बेलायत) मा आयोजित एक कन्सर्टमा गीत प्रस्तुत गर्नुभएको छ । मानव सेवा आश्रम युके च्याप्टरद्वारा आइतबार साँझ लन्डनमा आयोजित ‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा गायिका आनीले जीवन, जगत् र प्राणी हित प्रवर्धन गर्ने खालका केही गीत प्रस्तुत गर्नुभएको थियो । 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गायिका आनीले सङ्गीतको माध्यमबाट मानवता र परोपकारी कार्यलाई संसारभर फैलाएको चर्चा गर्नुभयो । मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार कन्सर्टबाट सङ्कलित रकम नवसेवा आश्रममा खर्च गरिने छ । आश्रमका युके च्याप्टर अध्यक्ष सुनीलबाबु खड्काले असहाय, अशक्त मानवको संरक्षणमा सहयोग पु¥याउने मनसायले कन्सर्ट गरिएको जानकारी दिनुभयो ।