• १० मंसिर २०८१, सोमबार

१० वर्षपछि सिड्नी आउँदै महजोडी

blog

काठमाडाैं, जेठ ३ गते । चर्चित हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षपछि अस्ट्रेलियाको सिड्नी आउनुहुने भएका छन्। मार्कक्यू होम्स र एभरेष्ट ट्राभलले आयोजना गर्न लागेको महाजात्रा जुन २ तारिख साँझ ६ बजे सिड्नीको फिल्म फेस्टिभल हुने स्टेट थिएटरमा आयोजना हुने भएको छ।

महाजात्राको कार्यक्रम सफल गर्नलाई सिड्नीको इभेन्ट कम्पनी ड्रिम हाइट्सले यसको तयारी थालिसकेको छ। ड्रिम हाइटले सिड्नीमा रहेका नेपाली समाजको चाहना अनुसार कलाकारहरूलाई अस्ट्रेलियामा बोलाएर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।

"स्तरीय कार्यक्रम र दर्शकको सन्तुष्टि हाम्रो चाहना हो, यसैका लागि पनि यसपटक एक दशकपछि मह जोडीलाई सिड्नी बोलाएर सबैको मुखमा हाँसो ल्याउने प्रयास गरेका हौँ," एभरेष्ट ट्राभलका कार्यकारी प्रमुख इर्साद अहमदले भन्नुभयो ।

स्टेट थिएटरमा कमै मात्र नेपाली कार्यक्रम हुने गर्छ । "यो आफैँमा मह जोडीको लागि ठुलो सम्मान पनि हो, हामीले यसका लागि तयारी अगाडि बढाइसकेका छौँ। सिड्नीका नेपाली दर्शकदीर्घाबाट यसमा सहयोग र सदभाव पाउने विश्वास लिएका छौँ," इर्सादले भन्नुभयो ।

कलाकार कुन्ती मोक्तान, नरेन्द्र कंसाकार र 'राता मकै' किरण केसी महजात्राका साथ अस्ट्रेलियाको सिड्नीमा पुग्ने तयारीमा हुनुहुन्छ ।