• ९ असार २०८१, आइतबार

गायन प्रतियोगितामा पत्रकार सम्मानित

blog

काठमाडौँ, असार २ गते । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरद्वारा आयोजित गायन प्रतियोगितामा दीपकराज कालीराज प्रथम, राजा राजपुत द्वितीय र सुरज खाती तृतीय हुनुभएको छ ।

नेपाल सरकारबाट राष्ट्रियस्तरमा सञ्चालन गरिएको पहिलो गायन रियालिटी सोमा १६ वर्षदेखि ४० वर्षसम्मका सर्जकबाट भिडियो माग गरिएको थियो । देशैभरिबाट आधुनिक लोक र पप, र्‍याप विधामा ६५ जना युवाले भिडियो पठाएका थिए । उक्त डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धीमध्येबाट २१ जना युवा प्रतिभालाई काठमाडौँ बोलाइएको थियो । सोही २१ जना प्रतिस्पर्धीमध्ये प्रथम, द्वितीय र तृतीय विजेता घोषणा गरिएको हो ।

प्रतियोगिताको समापनमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले पत्रकारलाई सम्मान तथा कदरपत्र प्रदान गर्नुभएको थियो । यसरी सम्मानित हुनेमा गोरखापत्रका सुकृत नेपालका साथै प्रकाशचन्द्र तिमिल्सेना, सिबी अधिकारी, नवीन गिरी, तारा सुवेदी, गङ्गा बराल र विनिता कुँवर क्षेत्री हुनुहुन्छ ।