• १२ साउन २०८१, शनिबार

प्रवर्धनमा ‘सतीदेवी’

blog

काठमाडौँ, जेठ २९ गते । लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतीदेवी’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । छोरी मात्रै जन्मिँदा समाजले हेर्ने दृष्टिकोण, अभिभावकले गर्ने भेदभाव तथा छोरीले आफ्नो परिवारका लागि उठाउने जोखिमका विषयलाई मुख्य रूपमा प्रवर्धनमा समेटिएको छ ।

निर्देशक सुवेदीकै लेखन र निर्माण रहेको चलचित्रको शीर्ष भूमिकामा मलिका महत हुनुहुन्छ । हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकार रहेको सो चलचित्रमा कुलबहादुर अधिकारी, सिर्जना अधिकारी, रमेश बुढाथोकी, भोलाराज सापकोटा, सन्दीपबाबु लोहनी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटालगायतको अभिनय छ । 

दिलासा क्रियसनले गोल्डेन स्टेट मुभि मेकर्स एलएलसी क्यालिफोर्नियासँग सहकार्य गरी सो चलचित्र निर्माण गरिएको हो ।