• १३ असार २०८१, बिहिबार

कौसीमा ‘प्ले द सिस्टम’

blog

काठमाडौँ, असार ५ गते । कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवका अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन गरिने भएको छ । थेरेसा रिबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो । 

रङ्गकर्मी आकाङ्क्षा कार्कीको निर्देशनमा तयार गरिएको नाटक ‘प्ले द सिस्टम’ मा काम गर्ने ठाउँमा हुने नारीद्वेषी चेत एवं व्यवहारलाई व्यङ्ग्य गरिएको छ । नाटकमा कलाकार इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लको अभिनय रहेको छ । नाटक असार ६ गतेदेखि ३१ गतेसम्म कौसी थिएटर टेकुमा मञ्चन हुने जनाइएको छ ।