• १० मंसिर २०८१, सोमबार

वेब सिरिज ‘साहु बा’

blog

काठमाडौँ, जेठ ३० गते । टेलिशृङ्ला र टेलिफिल्म निर्माण न्यून बन्दै गएको बेला दर्शकबिच अहिले वेब सिरिज लोकप्रिय बनेका छन् । राजधानीमा मङ्गलबार ‘साहु बा’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । सिरिजमा अभिनेतृ प्रियङ्का कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बाँस्तोलालगायत कलाकारको अभिनय रहेको छ । 

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुति रहेको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले खिच्नुभएको हो । जोशीलाई सङ्गम राई र अनिस तामाङले छायाङ्कनमा साथ दिएका थिए । २४ एपिसोड निर्माण गरिएको सिरिजमा ३५० भन्दा बढी कलाकारले अभिनय गरेका छन् । हरेक एपिसोड एक घण्टा लामो रहेको छ । नेपालमा ठुलो बजेटमा पूर्ण रूपमा पहिलो पटक वेभ सिरिज निर्माण गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । सिरिजको कथा, पटकथा तथा संवाद र निर्देशन सुजय योङले गर्नुभएको छ । ‘साहु बा’ ले प्रेम, विश्वासघात प्रतिशोधको कथा उठाएको छ । एक्सन तथा क्राइमको विषयवस्तुसमेत शृङ्खलामा समेटिएको छ ।